नियम ७
औषधिको स्तर तथा परीक्षण वा विश्लेषण विधिहरू कार्यान्वयन गर्ने
(१) नियम ६ बमोजिम कुनै औषधिको स्तर र सो औषधिको परीक्षण वा विश्लेषणको लागि अपनाउनु पर्ने विधि निर्धारण भएपछि विभागले त्यस्तो औषधिको स्तर र परीक्षण वा विश्लेषण विधि कार्यान्वयन गर्न पर्नेछ ।
(२) उपनियम (१) बमोजिम औषधिको स्तर परीक्षण वा विश्लेषण विधि कार्यान्वयन गर्दा देखिन आएका समस्याहरूका सम्बन्धमा विभागले औषधि सल्लाहकार समितिको परामर्श लिन सक्नेछ र सो समितिबाट दिइएको परामर्श समेतको आधारमा विभागले त्यस्तो औषधिको परीक्षण वा विश्लेषण विधि कार्यान्वयन गर्नेछ ।